अद्यावधिक चरणबद्ध नेपाली निर्देशिका

व्यापारी एप स्थापना र सञ्चालन मार्गदर्शन

रेस्टुरेन्ट दर्ता, मेनु, अफर, अर्डर तयारी, राइडरलाई सुरक्षित हस्तान्तरण र हिसाब व्यवस्थापनका लागि।

दर्ताअघि पढ्नुपर्ने अनिवार्य नीतिहरू

गोपनीयता नीति · सेवा सर्त · रद्द तथा फिर्ता नीति · Partner Operating Terms

चारवटै नीति स्वीकार नगरेसम्म आवेदन पूरा हुँदैन र Admin ले Portal प्रयोगको अन्तिम स्वीकृति दिन सक्दैन।

१. आवेदन, कानुनी सहमति र स्वीकृति

  1. पूरा कानुनी नाम, मोबाइल, इमेल, व्यवसाय नाम, PAN/दर्ता नम्बर, ठेगाना र सही स्थान भर्नुहोस्।
  2. गोपनीयता नीति, सेवा सर्त, रद्द/फिर्ता नीति र Partner Operating Terms पढेर चारवटै बाकसमा टिक लगाउनु अनिवार्य छ।
  3. आफ्नै बलियो पासवर्ड बनाएर आवेदन पठाउनुहोस्। सहमतिको मिति, समय र नीति संस्करण अभिलेख हुन्छ।
  4. Admin ले कागजात, स्थान र चारवटै सहमति जाँचेर स्वीकृत गरेपछि मात्र Portal खुल्छ। कुनै सहमति छुटेमा Admin ले स्वीकृति दिन सक्दैन।
  5. प्रारम्भिक platform commission १०% हुन्छ; सत्यापन र सम्झौताअनुसार Admin ले घटाउन वा बढाउन सक्छ।

२. एप स्थापना र रेस्टुरेन्ट सेटअप

  1. स्वीकृति भएपछि Merchant Portal मा लगइन गर्नुहोस् र Dashboard बाट एप स्थापना गर्नुहोस्।
  2. Restaurant operations मा प्रवेशद्वारको Latitude/Longitude राख्नुहोस् वा “Use current location” प्रयोग गर्नुहोस्।
  3. खुल्ने समय र “Accept new orders” अवस्था सही राख्नुहोस्।
  4. Restaurant profile photo र प्रत्येक item को स्पष्ट फोटो, नाम, विवरण, मूल्य र availability राख्नुहोस्।

३. मेनु र अफर

  1. नयाँ खाना थप्नुहोस्; ग्राहकलाई नदेखाउन availability बन्द गर्नुहोस् वा आवश्यक नभए Delete गर्नुहोस्।
  2. Offer/Coupon मा discount प्रतिशत, लागू हुने न्यूनतम रकम, अधिकतम छुट, coupon code र मिति राख्न सकिन्छ।
  3. मूल्य र छुट सधैं वास्तविक र ग्राहकलाई बुझिने हुनुपर्छ।

४. अर्डर तयार र हस्तान्तरण

  1. नयाँ अर्डर तुरुन्त जाँचेर Confirm गर्नुहोस्। बनाउन सुरु गर्दा Preparing र पूरा भएपछि Ready for pickup गर्नुहोस्।
  2. Ready भएपछि Merchant handover PIN Portal र दर्ता इमेलमा स्थिर रहन्छ।
  3. राइडरको अर्डर नम्बर जाँचेर पूरा प्याकेज हातमा दिएपछि मात्र PIN दिनुहोस्। आवश्यक परे Generate new PIN गर्न सकिन्छ।
  4. पिकअप हुनुअघि समस्या भए कारणसहित अर्डर Cancel गर्नुहोस्; पिकअपपछि Admin सहायता लिनुहोस्।

५. हिसाब र सुरक्षा

  1. Delivered अर्डरमा commission, merchant net, rider payout र settlement स्वतः तयार हुन्छ।
  2. आफ्नो लगइन कसैसँग नबाँड्नुहोस्। PIN केवल वास्तविक assigned rider लाई दिनुहोस्।
  3. रेस्टुरेन्ट बन्द हुँदा “Accept new orders” बन्द गर्नुहोस् र फोटो/मूल्य नियमित अद्यावधिक गर्नुहोस्।

सहायता चाहियो?

फोन: +9779704074063 · इमेल: [email protected]

पासवर्ड, OTP वा PIN सहायता माग्ने व्यक्तिलाई नदिनुहोस्। MithoExpress सहायता टोलीले तपाईंको पासवर्ड माग्दैन।